राजनीतिबाट को बाहिर, ओली कि प्रचण्ड ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार नवलपरासी पुगेर एउटा धम्कीपूर्ण उद्घोष गरे । उद्घोष, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक जीवनसँग सम्वन्धित छ । प्रचण्डले भने,‘केपी ओलीलाई वालुवाटारबाट बालकोट हामीले पठायौं । अव दायाँवायाँ गरे, राजनीतिबाटै बाहिर गरिदिन्छौं ।’

कम्युनिष्ट सरकार ढालेर कांग्रेसका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएपछिका प्रचण्डका अभिव्यक्ति हेर्दा उनी निकै ठूलो पींडा, छटपटी र निराशामा छन् भन्ने प्रष्ट हुन्छ । आफूलाई क्रान्तिकारी, प्रगतिशिल दावी गर्ने प्रचण्डका नेता उनकै टाउकको मुल्य तोक्ने शेरबहादुर हुन । प्रचण्डको अहिलेको हैसियत भनेको देउवाका असल सिपाँहीको जस्तोमात्र हो, किनकी देउवाको चिन्ता रामचन्द्र पौडेललाई छैन, प्रचण्डलाई छ । कम्युनिष्टको बर्को ओढेर प्रचण्ड र माधव नेपालले देशमाथि ठूलो घात र गद्धारी गरेको प्रष्टै छ । 

अव प्रचण्डका अभिव्यक्तिलाई हेरौं । 
केपी शर्मा ओलीले नेपालको सबैभन्दा ठूलो पार्टीका अध्यक्ष हुनुहुन्छ । दोश्रो पार्टी कांग्रेस सिट संख्याका आधारमा अहिलेपनि निकै तल छ । प्रचण्ड र माधव नेपालको हिसाव गरिराख्नु पर्दैन । एमाले सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी हो, जसका अध्यक्ष ओली हुनुहुन्छ । प्रचण्ड र माधव नेपालसमेत रहँदा पनि उनीहरुका पहिलो अध्यक्ष ओली हुनुहुन्थ्यो, प्रचण्ड दोश्रो अध्यक्षमात्र । माधव नेपाल विधानमै व्यवस्था नभएका मानिदिएका बरिष्ठ नेतामात्र हुनुहुन्थ्यो ।

बिचारलाई तिलाञ्जली दिएर सत्ता र पदका लागि सौदाबाजी गर्ने तेश्रो र चौथो पार्टीका प्रमुखले पहिलो र शक्तिशाली पार्टीका अध्यक्ष ओलीको राजनीति समाप्त गरिदिन्छु भन्नुलाई दुस्साहसी चाँही मान्नुपर्छ र भन्नुपर्छ– ‘खुट्टी देख्दै चाल पाइयो ।’ केही दिनअघि अनेरास्वबियू क्रान्तिकारीको कार्यक्रममा प्रचण्डले ‘आत्माहत्या गरौं गरौ लाग्छ’ भन्दा हलबाट खुव ताली बजेको थिए, शायद उनलाई लाग्यो उनको अपरिहार्यता हलले स्विकार गर्यो । ‘कहिलेकाँही पार्टीकै केही साथीहरुले अव प्रचण्डबाट चल्दैन भन्ने आफूले पनि सुनेको भन्दा’ पनि युवाबिद्यार्थीले खुव ताली पिटेका थिए । त्यसको अर्थ प्रचण्डको शक्तिप्रतिको होइन, ती नेताको प्रचण्डबाट चल्दैन भन्ने अभिव्यक्तिप्रतिको समर्थन थियो भन्ने उनले बुझ्नै सकेनन् ।

दशबर्षे जनयुद्धमा ‘मुक्ति कि मृत्यू’ रोज्ने भन्दै गाउँका युवालाई ठूला सपना देखाएर जीवन समाप्त गराएका प्रचण्ड अहिले फेरी त्यही ‘मुक्ति कि मृत्यु’ मा तयार रहन भड्काउँदै छन् । यो भावनात्मक कालोबजारी हो । तर प्रचण्डको त्यस्तो आब्हानलाई कार्यकर्ताले लोपारेका छन् । देउवाको टाङमुनी छिरेर कस्तो मुक्तिको आव्हान गरेका हुन भनेर प्रश्न गर्ने कार्यकर्तालाई उनी एमालेको गन्ध आएको भनेर झप्टी हाल्छन् ।  शायद त्यही भएर, जतिजति प्रचण्ड ओली र एमालेको चर्को विरोध गर्छन, त्यतित्यति उनका नेता र कार्यकर्ता एमाले प्रवेश गरिरहन्छन् । आफ्नो राजनीतिक हैसियत समाप्त हुँदै गरेको प्रष्ट तस्वीर देखेका प्रचण्डका यी पछिल्ला अभिव्यक्तिमा उनी दुर्घटनाउन्मुख भएको देखिन्छ ।

 

प्रचण्ड राजनीतिक रुपमा कमजोर छन् र  समाप्तीको बाटोमा छन् । तर त्यसको आत्मासमिक्षा उनी कहिले पनि गर्दैनन् । खिंइदा खिंइदा लुते भएका प्रचण्डले ओलीलाई राजनीतिबाट बर्हिगमन गर्ने धम्की दिनुभन्दा आउँदो निर्वाचनमा चितवनबाट जित्न सामथ्र्यमात्र विकास गरेपुग्छ । प्रचण्डको सत्ता बढीमा आउँदो निर्वाचनसम्म हो, त्यसपछि प्रचण्ड कि कांग्रेसको केन्द्रीय सदस्य बन्ने हुन वा उनले भनेजस्तै आत्महत्याको बाटो रोज्ने हुन, प्रतिक्षा गर्नुपर्छ ।

झट्टहेर्दा, सत्ताका ‘किङमेकर’ जस्तो लाग्ने प्रचण्ड नेपाली राजनीतिका सबैैभन्दा असफल पात्र हुन् । जनयुद्धको सफल नेतृत्व गरेको दावी गर्ने प्रचण्डलाई जनयुद्धका खास योद्धा र कमाण्डरले एकपछि अर्को गर्दै छोडेका छन् । बाबुराम, बैद्य, बादल र बिप्लवले ठूलो कार्यकर्ताको पंक्तिसहित प्रचण्डलाई छाडेका हुन, प्रचण्डले निकालेका होइनन् किनकी प्रचण्डलाई नेता मानेर देश अघि बढ्दैभन्ने उहाँहरुलाई थाहा थियो । ती मध्ये बादल नेतृत्वको एउटा मुख्य हिस्सा एमालेमा छ र उनीहरुले नेपाली राजनीतिमा ओली विकल्प देखेका छैनन् । 

भूमिगतहुँदा समेत साथमा रहेका नेताले किन एकपछि अर्को छाड्दै गए भनेर प्रचण्डले कहिले आत्मासमिक्षा गरेका छैनन्, गर्दैनन् पनि किनकि प्रचण्डको राजनीति परिवारवाद केन्द्रित छ । त्यसैले खिंइदा खिंइदा लुते भएका प्रचण्डले ओलीलाई राजनीतिबाट बर्हिगमन गर्ने धम्की दिनुभन्दा आउँदो निर्वाचनमा चितवनबाट जित्न सामथ्र्यमात्र विकास गरेपुग्छ । प्रचण्डको सत्ता बढीमा आउँदो निर्वाचनसम्म हो, त्यसपछि प्रचण्ड कि कांग्रेसको केन्द्रीय सदस्य बन्ने हुन वा उनले भनेजस्तै आत्महत्याको बाटो रोज्ने हुन, प्रतिक्षा गर्नुपर्छ । प्रचण्ड यतिधेरै आत्माप्रशंसा रमाउँछन कि उनले पार्टीका नेताहरुलाई दायाँबायाँ राखेर भने–‘पार्टीमा उत्तराधिकारी घोषणा गर्दिन किनकी अध्यक्ष हुन योग्य हुने कोही देखेको छैन ।’ प्रचण्ड पार्टीका नेता र कार्यकर्तामा क्षमता देख्दैनन्, दलालमात्र देख्छन् । जवकि उनी आफैं कालोसूचीमा परेका एकजना ठेकेदारको घरमा बस्छन् ।

प्रचण्डसँग एउटा सानो स्वार्थी झुण्डमात्र छ, जसले पद नपाएपछि प्रचण्डको सान्दर्भिकता सकियो भन्दै राजनीतिक दोकान खोलीहाल्छ । ३५ बर्ष विना निर्वाचन प्रचण्ड अध्यक्ष बनिरहन्छन् र अग्रगमनको नारा लगाइरहन्छन् र त्यो जनताले पत्याउन भन्ने ठान्छन् । तर जनता मुर्ख छैनन् भन्ने शायद प्रचण्ड थाहा पाएको हुनुपर्छ । त्यही भएर माओवादी नेता र कार्यकर्ता धमाधम एमालेमा प्रवेश गर्ने लहर देशब्यापी छ । 
दोश्रो, प्रचण्डका दैनिकजसोका अभिव्यक्तिमा कहिंकतै नेपालको विकास र जनजीविकाका पक्षका सोच देखिदैनन् । किनकी उनमा विकास र समृद्धि कसरी गर्न सकिन्छ भन्ने ज्ञान पटक्कै छैन । आजसम्म  कसैले प्रचण्डले देश विकासको मार्गचित्र, कार्यक्रम ल्याएको सुनेको छ ? छैन ।  किनकी उनी अरुलाई दवावमा राखेर, प्राधिकार बनेर पद जोगाउन सफल भएका हुन, बिचार र सोचले होइन । एमालेबाट चोइटिएर देउवालाई प्रधानमन्त्री बनाएको दावी माधव नेपालमा कुण्ढाबाहेक कहिकतै देशको विकास कसरी गर्ने सोच अभिव्यक्त भएको कहिँ सुनिएको छ ? छैन । किनकी त्यसका लागि फराकिलो अध्ययन चाहिन्छ, विकासका अन्तराष्ट्रिय आयाम बुझ्नुपर्छ । एकघण्टाको प्रचण्ड र माधव नेपालको भाषण सुन्दा प्रतिक्रियाबाहेक केही हुँदैन, किनकी गुदी कुरा नै छैन ।

अहिले प्रचण्ड र माधवले ओली समाप्त भएको हेर्ने मन छ, अव ओली सकिए भन्ने जस्ता अभिव्यक्ति ओलीको बढ्दो क्रेजकै सहउत्पादन हुन । अव प्रचण्ड र माधवलाई जनताले झेल्ने जम्माजम्मी १६ महिनामात्र हो । त्यसपछि माधव नेपालको नेकपा यूएस सकिन्छ किनकी निर्वाचनमा उनले देशभर काहीबाट पनि निर्वाचित हुँदैनन् । प्रचण्डको माओवादी केन्द्र राप्रपाको हैसियतमा खुम्चिन्छ । बिचरा आफ्नो घरमा पहिरो गएको पत्तो छैन, टुकुचा पसेको थाहा छैन, सबैभन्दा ठूलो पार्टी र त्यसका अध्यक्षको चिन्ता किन लिनु ?

प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री भइसकेका हुन् र प्रधानमन्त्रीमा असफल भएका हुन । देशले अव प्रचण्ड र माधवबाट केही अपेक्षा राखेको पनि छैन । प्रधानमन्त्रीका रुपमा ओलीले केही ऐतिहासिक आरम्भ गर्नुभएको छ । जसले देश र जनतालाई केन्द्रमा राखेर विकास र समृद्धिको नेतृत्व लियो, जसको शक्ति दिनहुँ विस्तारित भएको छ, जुन सबैभन्दा ठूलो पार्टी हो, त्यसको राजनीति समाप्त पारिदिन्छु भन्ने प्रचण्डलाई कसैले पत्याउँछ ? प्रचण्ड सकिदैछन् भनेर निश्कर्ष निकाल्नेमात्र हो । 
   
  

 
    
  

 
 

       

  
 
   
 
   

 
 
 
   

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  २ : ०० बजे