‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सरकारले दिएका जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्छु : प्रदेश प्रमुख पौडेल

भरतपुर । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेललाई गृह जिल्ला चितवनमा स्वागत तथा सम्मान गरिएको छ । 

प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आउनुभएका उहाँलाई मंगलबार जिल्लाका नेता तथा कार्यकर्ताले स्वागत सम्मान गरेका हुन् । 

राप्ती नगरपालिका वडा नं ७ स्थित आफ्नै निवासमा सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालना गरी उहाँले नेता कार्यकर्तालाई भेट गर्दै उहाँले सरकारले दिएका जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिने बताउनुभयो । 

लामो समयदेखि कम्युनिष्ट पार्टीमा आबद्ध उहाँले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार तथा एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघका अध्यक्ष भएर काम गरिसक्नुभएको छ । 

पौडेल गण्डकी प्रदेशका तेस्रो प्रदेश प्रमुख हुनुहुन्छ । यसअघि नै प्रदेश प्रमुखका रुपमा बाबुराम कुँवर र अमिक शेरचनले काम गरिसक्नुभएको छ ।
 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ६ : ५८ बजे