राष्ट्रियसभाको बैठक स्थगन

काठमाडौं । आजका लागि निर्धारण गरिएको राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।  

सङ्घीय संसद् सचिवालयले विशेष कारण आजका लागि तोकिएको बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १ : ५३ बजे