तेस्रो पटक महासचिव हुन्न त्यो ग्यारेन्टी छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मंसिरमा हुने महाधिवेशनमा आफुले अध्यक्षको दाबी नगर्ने स्पष्ट पार्नुभएको छ ।

अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने अनुमान भइरहेकाबेला महासचिव पोखरेलले एमाले इतर समूहसँग लड्न अहिलेकै नेतृत्व चाहिने बताउनुभयो । दसैं तिहारका अवसरमा काठमाडौंमा आइतबार भएको चियापान कार्यक्रममा महासचिव पोखरेललाई पत्रकारले आगामी महाधिवेशनमा कुन पदमा उम्मेदवार हुने भनेर सोधेको जिज्ञासामा आफु दुई पटक पार्टीको महासचिव भईसकेकाले तेस्रो पटक हुन्न त्यो चाहि ग्यारेन्टी छ भन्नुभयो । 

उहाँले भन्नुभयो, तेस्रोपटक महासचिव हुन विधानले रोक्छ, म तेस्रोपटक महासचिव हुँदिन त्यो स्पष्ट छ, ‘इतिहास, निरन्तरता, योग्यता र क्षमताले म कुनै पनि जिम्मेवारीका डिजर्भ गर्छु ।’ महासचिव पोखरेलले अदालत राजनीतिक गर्ने थलोका रुपमा विकशित हुँदै गएको बताउनुहुँदै यो परिमार्टीको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । जति चाडो
 ताजा जनादेशमा जानु नै अहिलेको सहि विकल्प हुने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १ : १२ बजे