काठमाडौँ । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गर्नुभएको छ ।
उद्योग मन्त्री नियुक्त भएको दुई दिनमै हमालले राजीनामा दिने घोषणा गर्नुभएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनाइएको भन्दै तीव्र विवाद भएपछि उहाँले राजीनामा दिने हुनुभएको हो ।
मन्त्री हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताउनुभएको छ ।
उहाँ असोज २२ गते मन्त्री नियुक्त हुनुभएको थियो ।
मन्त्री चयनमा प्रधानन्यायाधीशलाई पनि भाग दिएको भन्दै अहिले चर्को आलोचना भइरहेको छ । हमाल मन्त्री भएपछि कानुनविद्हरूले समेत विरोध गरिरहेका छन् ।
प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार ९ : ५८ बजे
प्रतिक्रिया