वाग्मती प्रदेशका मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिनुहुँदै

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

प्रदेशसभाको आजबाट सुरु हुने नवौँ अधिवेशनमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लाग्नुभएको हो । प्रदेशसभाको बैठक आज दिउँसो ३ः०० बजे बस्दै छ । 

भदौ २ गते नेपालकै पहिलो मुख्यमन्त्री बन्नुभएका शाक्य उपाध्यक्ष रहनुभएको दल नेकपा (एमाले) विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएसँगै उहाँले सदनबाट विश्वासको मत लिने निर्णय गर्नुभएको हो ।

वाग्मती प्रदेशमा सभामुखसहित १ सय ९ जना सांसद छन् । एमालेका तर्फबाट एकल बहुमतका आधारमा शाक्य मुख्यमन्त्री हुनुभएको थियो। 

बागमती प्रदेशसभामा बहुमतका लागि कम्तीमा पनि ५५ जना सांसद आवश्यक हुन्छ। प्रदेशसभामा एमालेका सभामुखसहित हाल ४३ जनामात्रै सांसद छन्। 

बागमती प्रदेशसभामा माओवादी केन्द्रका २३, कांग्रेसका २२, विवेकशील साझा पार्टीको ३, नेमकिपा २, राप्रपा २ र स्वतन्त्र एक सांसद छन्। 

 

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ९ : १८ बजे