‘एउटै नाउरको सिकार गर्न २३ लाख’

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को-को थपिए मन्त्री ?

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुनःनियुक्तिपछि तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । 

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलबार मन्त्रिपरिषद्मा तीन जना नियुक्त गर्नु भएको छ भने केहीको जिम्मेवारी हेरफेर गर्नुभएको छ।

लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा भोजप्रसाद श्रेष्ठ नियुक्त हुनुभएको छ । मुख्यमन्त्री शंकर पोखरेलका सिफारिशमा प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलबार स्वास्थ्य मन्त्रीमा श्रेष्ठसहित तीन  मन्त्री नियुक्त गर्नाका साथै जिम्मेवारी हेरफेर गर्नुभएको हो ।

प्रमुख यादवले आन्तरिक मामिला तथा कानूनमन्त्रीमा चेतनारायण आचार्य र शिक्षा तथा सामाजिक विकासमन्त्रीमा धर्मबहादुरलाल श्रीवास्तवलाई नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

यससँगै प्रदेश मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । 

यसअघि थपिएका मन्त्रीमध्ये हरिप्रसाद रिजाललाई ग्रामीण तथा शहरी विकास मन्त्रालय र  कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

त्यस्तै बैजनाथ चौधरी आर्थिक मामिला तथा योजनामन्त्री, सन्तोषकुमार पाण्डे भौतिक पूर्वाधार विकासमन्त्री, विजयबहादुर यादव भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा यथावत् रहनुभएको छ । 

 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ६ : ४५ बजे