दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

अफगानिस्तानबाट बाहिरिएपछि अमेरिका र तालिबानबीच पहिलो वार्ता हुने

इस्लामाबाद ।  तालिबानका वरिष्ठ अधिकारी र अमेरिकी प्रतिनिधि बीच अफगानिस्तानमा वार्ता हुँदै छ । 

अमेरिकी सेना फिर्ता र तालिबानीहरूले अफगानिस्तानमा कब्जा जमाएपछि हुन लागेको यो वार्ता महत्त्वपूर्ण मानिएको छ । 

चरमपन्थी समूहहरूलाई समात्न र देशबाट विदेशी नागरिक र अफगानिस्तानको निकासीलाई सहज बनाउने विषयमा अमेरिकी प्रतिनिधि र तालिबानी अदीकारीहरू बीच शनिबार र आइतबार वार्ता  हुँदैछ ।

अगस्टको अन्त्यमा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि त्यहाँ २० वर्षको सैन्य उपस्थिति समाप्त भएको र अफगानिस्तानको सत्तामा तालिबानको उदय भएपछि हुन लागेको यो बैठकलाई निकै चासोपूर्वक हेरिएको छ । वार्ता कतारको राजधानी दोहामा हुने भएको छ ।

दोहामा रहेका तालिबान प्रवक्ता सुहेल शाहीनले शनिबार एसोसिएटेड प्रेसलाई  बताएअनुसार वार्ताले तालिबानले सन् २०२० मा वाशिङ्टनटनसँग गरेको शान्ति सम्झौताको पुनरवलोकन गर्नेछ । रासस/एपी

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ७ : २४ बजे