अदालतको कोटाबाट मन्त्री बन्नु अनौठो होइन : पोखरेल

काठमाडौं । नेपाल वार एशोसिएशनका कोषाध्यक्ष रुद्र पोखरेलले  वर्तमान सरकार नै अदालतबाट बनेकोले मन्त्री अदालतको कोटाबाट पर्नु अनौठो नभएको टिप्पणी गनुृभएको छ । रिपोर्टस क्लवमा बोल्दै पोखरेलले प्रधान्यायाधीशले मात्र नभई फुल कोर्ट र अदालतका ५र६ जना वरिष्ठ न्यायाधीशले यसको जवाफ दिनुपर्ने बताउनुभयो । पोखरेलले यसमा प्रधानन्यायाधीश मात्र नभइ सर्वोच्च अदालतको सबै टीम दोषी रहेको दावी गर्नुभयो ।

अधिवक्ता पोखरेलले न्यायालय ऐन नियमको व्याख्यताको रुपमा नभइ शक्तिकेन्द्रको रुपमा विकसित भएको बताउँदै सरकार अदालतको एउटा शाखाको रुपमा रहेको बताउनुभयो । कोषाध्यक्ष पोखरेलले भन्नुभयो, अहिलेको सरकार अदालतको मातहतमा छ, अदालतको निर्देशनको सरकारले पालना गर्ने हो, तर अदालतलाई जानेर नजानेर शक्ति केन्द्रको रुपमा स्थापित गर्यौं, ऐन, नियमको व्याख्याताको रुपमा होइन, अदालत न्यायनिरुपणको रुपमा होइन शक्तिकेन्द्रको रुपमा विकसित भएर गएको छ, त्यसैले अदालतको एउटा शाखाको रुपमा सरकार रह्यो, यो प्रष्ट देखिएको छ ।’

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ८ : ५१ बजे