विनोद चौधरीलाई ४ अर्ब फाइदा हुने काम नगरिदिएपछि प्रचण्ड आफूविरुद्ध लागेको बास्कोटाको खुलासा 

​​​​​​​काठमाडौं ।  नेकपा एमालेका नेता एवं पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले विनोद चौधरीलाई ४ अर्ब फाइदा हुने काम नगरिदिएबापत प्रचण्ड आफूविरुद्ध लागेको बताउनुभएको छ । 

एमाले काभ्रे–काठमाडौं सम्पर्क मञ्चको कार्यकर्ता भेलालाई शनिवार सम्बोधन गनुृहुँदै  बास्कोटाले दलाल पुँजिपतिहरुका लागि प्रचण्डले आफूलाई पटक–पटक बोलाएर प्रधानमन्त्री समक्ष लगेर काम गराउन खोज्दा पनि नमानेपछि आफूविरुद्ध षड्यन्त्र गरेको बताउनुभयो ।  ‘पुष्पकमल दाहालले ठूला कुरा नगरे हुन्छ,विनोद चौधरीका लागि कतिपटक मलाई दबाब दिए । दिनै नहुने लाइसेन्स दिएर नेपाल टेकिलम डुबाउने खेल मैले मानिन । २५ लाखमा लाइसेन्स दिदा चौधरीलाई ४ अर्ब फाइदा हुने रहेछ’, बाँस्कोटा को भनाई थियो । 

बास्कोटाले पाँचखाल पुगेर प्रचण्डले आफूविरुद्ध भाषण गरेको भन्दै दलालका काम नगरे बापत प्रचण्डले विभिन्न पात्र खडा गरेर बदनाम गराउन खोजेको बताउनुभयो  । उनले हिम्मत भए आफ्नै कन्फरटेबल सरकार र कन्फरटेबल अदालत भएको भन्दै कारवाही गरेर आफूलाई जेल हालेर देखाउन चुनौति दिनुभयो ।‘ प्रचण्डले भुक्दै हिड्नु पर्दैन, मैले भन्देको छु । तिमीहरुको कम्पर्टेबल सरकार छ, कम्फर्टेबल अदालत छ । सक्छौ भने छानविन गर, कारवाही गरेर जेल हाल ।’ बाँस्कोटाको भनाई थियो ।  

प्रचण्डले केही दिन अघि हेप्नी भनेको बताउँदै बाँस्कोटाले प्रचण्डलाई हेप्ने र हराउने बताउनुभयो ।  ‘प्रचण्डलाई झारपातले त हेप्छन्, गोकुल बास्कोटा त एमालेको नेता हो । हेप्ने नै हो र हराइदिने हो । अब खुकुरी ,बन्दुक, ग्रिनेडको धाक नदिए हुन्छ ।’बाँस्कोटाको भनाई थियो । 

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ३ : ३७ बजे