यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आत्महत्या दुरुत्साहन अभियोगमा प्रधानाध्यापक पक्राउ, छात्रालाई पठाएको एसएमएस शंकास्पद

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउपालिकास्थित चिसापानीमा रहेको दिप ज्योती सेकेन्डरी स्कुलका प्रिन्सपल दमन पाण्डे आफ्नै छात्रालाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका छन्।

पाण्डेलाई आफ्नै विद्यालयबाट एसईई गरेकी छात्रालाई मृत्यु दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ। एक साताअघि बैजनाथ गाउँपालिका गाभरकी १७ वर्षिया एलिशा शाह घरमै मृत अवस्थामा भेटिएकी थिइन्।

मृतक शाहको मोबाइलमा प्रिन्सिपल पाण्डेले पठाएको अश्लील एसएमएस भेटिएपछि आक्रोशित स्थानीयले प्रिन्सपल पाण्डेमाथि कारवाहीको माग गर्दै विद्यालय घेराउ गरेका थिए। पाण्डेले विभिन्न खालका प्रलोभन दिएर अश्लील कार्य गरेको आशंका गरिएको छ।

मृतक शाह पाण्डेकै करबलमा कोहलपुरमा रहेको एक विद्यालयमा ११ कक्षामा भर्ना भएको र बारम्बार विभिन्न खालका दबाब दिने गरेको मोबाइलमा भेटिएको एसएमएसले पुष्टि गरेकोले निश्पक्ष छानविन गरी कारवाहीको दायरामा ल्याउन आफूहरुको माग रहेको मृतक शाहका आफन्त पुनित विक्रम शाहले बताए।

बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले प्रिन्सिपल पाण्डेलाई नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान थालेको बताए। स्थानीयहरु शुक्रबार विद्यालयमै पुगेर दुंगामुढा गरेपछि प्रहरीले पाण्डेलाई नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  २ : २७ बजे