अनेरास्ववियुले भन्यो : उद्योगमन्त्रीमा प्रधानन्यायधीको जेठान आउनु ‘न्यायलयमाथिको सेटिङ’

काठमाडौँ । देशकै ठुलो विद्यार्थी संगठन अनेरास्ववियुले नवनियुक्त उद्योग मन्त्री गजेन्द्र हमालको बर्खास्तीको माग गरेको छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर ज.ब.रा. को जेठानलाई शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अदालतले सहयोग गरेबापतको कोटामा मन्त्री  बनाइएको भन्दै अनेरास्ववीयुले मन्त्रीको बर्खास्ती गरी प्रधानन्याधीसले न्यायलयमाथिको विस्वास भत्काउने काम गरेकाेले राजिनामा गर्न माग गरेको हो ।

आज एक विज्ञप्ती जारी गर्दै अनेरासववीयुले सरकारले अदालतलाई कम्फर्टेबल बनाउन मन्त्री उपहार दिएको भन्दै मन्त्री बर्खास्त गर्न र प्रधाननयायधीसले राजीनमा दिनु पर्ने माग राखेको हो ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बराललले जारी गर्नुभएको विज्ञप्तीमा जबराका जेठानलाई मन्त्री बनाइनुले एमाले विस्थापनमा न्यायालयको हात रहेको पुष्टि भएको जनाएको हो । विज्ञप्तीमा ‘करिब ३ महिनासम्म मन्त्रिपरिषदलार्ई पुर्णता दिन नसकेको परमादेशी सरकारले सो क्रममा सरकार गठनमा सेटिङ्ग मिलाई दिए वापत प्रधानन्यायधीश चोलेन्द्र शमशेर ज।ब।रा। का जेठान गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री नियुक्ति गरेकोप्रति ध्यानकाकर्षण भएको छ। ’भनिएको छ ।
आज प्रमद्धारा गरिएको मन्त्रिपरिषद गठनमा प्रन्या जबराको जेठान मन्त्री बनेका थिए ।

अनेरास्ववियुले यो कुरा न्यायलयकै इतिहासमा निकै दुर्लभ र दुखद रहेको जनाएको हो । आजको मन्त्रिपरिषद विस्तारपछि न्यायालयप्रतिको विश्वासमा समेत आँच आएको अनेरास्ववियुले जनाएकाे छ ।

अनेरास्ववियुले नियुक्त उद्योग मन्त्रीलाई तत्काल बर्खास्त गरी लोकतान्त्रिक मूल्य मान्यता र स्वतन्त्र न्यायापालिका माथिको विश्वास कायम राख्न माग गरेको छ ।

यस्तो छ सार्वजनिक विज्ञप्ती

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ९ : ४९ बजे