लोकतन्त्रमा प्रेस स्वतन्त्रता आवश्यक छ : मन्त्री कार्की

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रताको पक्षमा सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

शुक्रबार मन्त्रालयमा पदबहालीपछि मन्त्री कार्कीले लोकतन्त्रमा प्रेस स्वतन्त्रतता आवश्यक रहेको भन्दै सरकार यस विषयमा प्रतिवद्ध रहेको बताउनुभएको हो । उहाँले सञ्चार माध्यमको विकृतिलाई रोक्दै समाजलाई सकारात्मक दिशामा अघि बढाउनुपर्ने बताउनुभयो। मन्त्री कार्कीले डिजिटल हस्ताक्षर गर्दै पदवहाली गर्नुभएको हो ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ९ : १५ बजे