प्रधानन्यायधीशको कोटामा हमाल दाजुभाइ बने मन्त्री

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान गजेन्द्र हमाल र सुरेन्द्र हमाल मन्त्री बनेका छन् । उनीहरु शुक्रबार एकै दिन मन्त्री बनेका हुन् । गजेन्द्र र सुरेन्द्र दाजुभाइ हुन् । सुरेन्द्र हमाल लुम्बिनी प्रदेशको बन वन, वातावरण तथा भूसंरक्षण मन्त्री बनेका छन् । उनी बाँके जिल्लाको निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित सांसद हुन् । तर, गजेन्द्र भने सांसद छैनन् । तर, उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाएका छन् । सुरेन्द्र हमाल नेपाली कांग्रेसको प्रमुख सचेतक समेत भएका छन् । भने गजेन्द्र पछिल्लो समय राजनीतिमा सक्रिय छैनन् ।

हमाल र प्रधानन्यायाधीश राणाबीच ज्वाई–जेठानको साइनो पर्छ ।

केही दिन पहिले राणाले दुई जना मन्त्रीको कोटा मागेको समाचारहरु सार्वजनिक भएको थियो । राणाले दिपक तिमल्सिना र हमाललाई मन्त्री बनाउन खोजेको सार्वजनिक भएको थियो । समाचार सार्वजनिक भएपछि तिमल्सिनालाई हटाएर प्रधानन्यायधीशले दाजुभाईलाई बनाएका हुन । 

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ५ : १८ बजे