वर्तमान गठबन्धन देश र जनता लुट्न बनेको हो : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले अहिलेको गठबन्धन सरकार देश र जनता लुट्न बनेको आरोप लगाएका छन् । 

शुक्रबार रूपन्देहीको शुद्धोधन गाउँपालिकामा भएको राष्ट्रिय युवा संघ नेपालको युवा भेलालाई सम्बोधन गर्दै बस्नेतले अपवित्र रूपमा खडा भएको वर्तमान सरकारले जनतालाई असन्तुष्टि र असफलता मात्र प्रवाह गरिरहेको बताए । उनले वर्तमान सरकार लामो समयसम्म नटिक्ने पनि बताए ।

ने‍ता बस्नेतले भोटका लागि झुटा आश्वासन दिने, मतदाताहरूलाई विभिन्न प्रलोभनमा पार्ने तर चुनाव जितेर गएपछि जनताको बीचमा गरेका प्रतिबद्धता पुरा नगर्ने पार्टी कांग्रेस भएको आरोप लगाए ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ५ : ०९ बजे