नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृतबीच ​​​​पार्टी एकीकरण

​​​​​​​काठमाडौं । नेकपा एकीकृत सामाजवादी र नेकपा एकीकृत पार्टीबीच एकीकरण भएको छ । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकीकृतका अध्यक्ष जीवन राईले शुक्रबार एक वक्तव्य जारी गर्दै पार्टी एकिकरण भएको घोषणा गरेका हुन् । 

एकिकरणपछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) नै रहनेछ । पार्टीको चुनाव चिह्न भने कलम रहने भएको छ । राईले तत्कालीन नेकपामा  विवाद चर्किएपछि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका थिए । राई सुरुदेखि नै माधव नेपाल निकट मानिन्थे ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ४ : ४२ बजे