प्रधानन्यायधीशले सरकारमा कोटा खोजेको भन्ने टिप्पणी सही सावित, बने उनका जेठान मन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान गजेन्द्र हमाल पनि मन्त्री बनेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले हमाललाई उद्योगवाणिज्य तथा आपूर्तिमन्त्री बनाउने निर्णय गरेका हुन्। हमाललाई मन्त्री बनाउने निर्णय भएको प्रधानमन्त्री देउवाको सचिवालयले पुष्टि गरेको छ ।यसअघि प्रधानन्यायाधीशले मन्त्रीमा कोटा मागेको भन्दै हमालको नाम चर्चामा थियो । उनको नाम चर्चामा आएपछि बार र बेन्चबीच यस विषयमा तनाव समेत भएको थियो । सर्वोच्च अदालतले मन्त्रीमा कोटा नमागेको भन्दै विज्ञप्ति समेत जारी गरेको थियो भने प्रधानन्यायाधीश जबराले हमाल काँग्रेसको नेता भएको हुनाले उनी मन्त्री हुनुमा आफ्नो हात नरहने धारणा सर्वोच्च बारसँगको बैठकमा बताएका थिए । प्रधानन्यायाधीशले सरकारमा कोटा मागेको आशंकालाई हमालको नियुक्तिले सही सावित गरिदिएको छ । 

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ४ : १५ बजे