प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालय

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान नाता पर्ने गजेन्द्र हमाल पनि मन्त्री बन्ने भएका छन् ।

स्रोतका अनुसार प्रधानन्यायाधीशको कोटामार्फत् हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । प्रधानन्यायाधीश राणाका नातेदार हमाल कांग्रेसको राजनीतिमा पनि छन्। 

यसअघि प्रधानन्यायाधीशले मन्त्रीमा कोटा मागेको भन्दै हमालको नाम चर्चामा आएपछि बार र बेन्चबीच तनावसमेत भएको थियो । सर्वोच्चले मन्त्रीमा कोटा नमागेको भन्दै विज्ञप्ति समेत जारी गरेको थियो । 

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ४ : १० बजे