सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोरोना संक्रमित र मृतकका तस्बिर प्रकाशनमा सावधानी अपनाउन प्रेस काउन्सिलको आग्रह

काठमाडौं । प्रेस काउन्सिल नेपालले कोरोनाबाट संक्रमित र मृत्यु भएका व्यक्तिको पहिचान खुल्ने तस्बिर, वैयक्तिक विवरण एवं मृतकको सामूहिक दाहसंस्कारका तस्बिरहरु विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पोष्ट भएका घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै काउन्सिलले ती घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

यसरी विवरण र तस्बिर सम्प्रेषण गर्दा गोपनीयतासम्बन्धी मौलिक हकको प्रतिकूल हुने, मानवीय संवेदना खल्वलिने, प्रभावित व्यक्तिलाई थप पीडा हुने भएकोले संवेदनशील यस घडीमा आम पत्रकार, सञ्चारकर्मी, सञ्चारमाध्यम, सामाजिक सञ्जालका प्रयोगकर्तालाई सावधानी अपनाउन काउन्सिलले आग्रह गरेको हो । काउन्सिलले यस्ता विषयमा पत्रकार आचारसंहिता २०७३  (पहिलो संशोधन, २०७६) र कोरोना भाइरस संक्रमण सम्बन्धमा २०७६ चैत १० गते जारी निर्देशिका बमोजिम केही मिडियाको ध्यानकर्षण गराएर कतिपय पत्रकारहरूबाट प्रयोग भएको सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन गरी अभिलेख राखिएको समेत जनाएको छ । 

 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ८ : ३७ बजे