‘नेशनल डे कन्सर्ट’ सम्पन्न

राष्ट्रको समृद्धिमा योगदान पुु¥याउने आदिवासी चलचित्र बनाउन सञ्चारमन्त्रीको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटन सबैलाई आह्वान गर्नु भएको छ । 

मन्त्री गुरुङले मुलुुकलाई समृद्ध बनाउने आधार तयार भएको उल्लेख गर्दै ‘समृद्ध नेपालः सुुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न सबैले आ आफ्नो क्षेत्रबाट योगदान दिनुपर्नेमा जोड दिनु भयो । आदिवासी जनजाति चलचित्र महासंघले बुधबार काभ्रेको धुलिखेलस्थित काभ्रेभञ्ज्याङमा आयोजना गरेको ‘आदिवासी चलचित्रमा प्रतिवद्धतासहितको सहकार्य’ विषयक पाँच दिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले आदिवासी चलचित्रकर्मीहरुलाई पनि राष्ट्रको समृद्धिमा योगदान पुु¥याउने गरी चलचित्र निर्माणमा ध्यान दिन आग्रह गर्नु भयो । ‘पछिल्लो राजनीतिक परिस्थितिबाट निराश नभई मुलुकको समृद्धिमा योगदान पुु¥याउने गरी चलचित्र क्षेत्रको विकासमा लाग्न म चलचित्रकर्मीहरुलाई आग्रह गर्दछुु’ मन्त्री गुरुङले भन्नुभयो, ‘मुलुकको समृद्धिका लागि सरकारले आधार तयार पारेको छ ।’ 

मन्त्री गुरुङले समाज रुपान्तरणका लागि सन्देश दिने खालका चलचित्र निर्माणमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । सबै भाषा, कला र संस्कृतिको संरक्षण र संवद्र्धनमा आदिवासी चलचित्रकर्मीहरुले खेलेको भूमिकाको चर्चा गर्नु हँदै उहाँले आदिवासी चलचित्र क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । समाजमा जाति, भाषा, धर्म र संस्कृतिबीच द्धैष फैल्याउने खालका गतिविधि हुन नदिन सचेत हुनुुपर्ने समेत स्पष्ट पार्नु भयो । मन्त्री गुरुङले सबै जाति, भाषा, धर्म र संस्कृतिको विकासमा योगदान पुुग्ने गरी सरकारी सञ्चार माध्यमलाई परिचालन गर्ने बताउनुभयो । 
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल, फोनिजका अध्यक्ष डण्ड गुरुङलगायतले कार्यशाला गोष्ठीको पूर्ण सफलताको कामना गर्नु भएको थियो । 
 

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  २ : ३७ बजे