नेकपा (एस)मा मन्त्रालयको भागबन्डा अझै टुंगिएन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्तारुढ गठबन्धन दलमा मन्त्रालयको भागबन्डा टुंगो लागेपछि झन्डै तीन महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो ।

मन्त्रिपरिषद् विस्तारकै विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा शीतल निवास पुगेका छन् । प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनबाट प्राप्त मन्त्री बन्नेको सूची राष्ट्रपतिलाई बुझाएपछि राष्ट्रपतिले मन्त्रीहरूलाई नियुक्त गरी आजै शपथ गराउने तयारी छ ।

यसैबीच, नेकपा (एकीकृत समाजवादी) बाट मन्त्री बन्नेहरूको टुंगो लागे पनि मन्त्रालय कसले के पाउने भन्ने अझैं टुंगो लागिसकेको छैन । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्री बन्नेको नाम तय भए पनि मन्त्रालयलेको भागबन्डा अझै टुंगो नलागिसकेको बताए ।

‘बाहिर आए जस्तो मन्त्रालयको भागबन्डा टुंगो लागिसकेको छैन,’ उनले भने, ‘अहिले हाइकमान्डमा छलफल चलिरहेको छ । सपथ खानेबेलासम्म मन्त्रालयको भागबन्डा टुंगो लागिसक्छ । नेकपा (एस) बाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले, किसान श्रेष्ठ, भवानी खापुङ मन्त्री बन्दैछन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १ : ३९ बजे