साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एमाले महाधिवेशनको सकार नकार सन्दर्भ   

नेपाल कम्युनिस्ट पार्टी एमालेको यही असोज १५ देखि १७ सम्म गोदावरीमा सम्पन्न विधान महाधिवेशनको तरङ्ग देशभित्र मात्र होइन बाहिरसम्म केही समय चल्ने देखिन्छ ।

देशी प्रतिक्रियावादीलाई साथ लिएर विश्व प्रतिक्रियावादी ओली नेतृत्वको सरकार र पार्टी समाप्त पार्ने गुरु योजनामा लागे पनि सकेनन् । 

ओलीको बहुआयामिक कमाण्डमा संगठित एमाले नेता र कार्यकर्ताका अगाडि आफैँ देशी विदेशी हैजाहरु हैरान भएको यो लेखक ठान्छ । तर महाधिवेशन पछिको एमालेमा अझै गम्भीर समस्या रहेको देखिन्छ । 

यही असोज २१ गते वरिष्ठ नेता द्वय भीम रावल र मणि थापाका अभिव्यक्तिहरुमा त्यसको छनक पाइयो । दुवैले एक प्रसिद्ध छापा पत्रिकामा र एफ.एम रेडियोमा अन्तर्वार्ताका क्रममा पहिले भन्दा अलि संयम पूर्वक बोल्दा पनि केही कुराहरु चुहिए ।
 
कुनै पनि नेताले सबैभन्दा पहिले पार्टी र सरकारका सकारात्मक पक्षहरु प्राथमिकता पूर्वक उजागर गर्नुपर्छ अनि भएका कमीलाई मित्रवत् उल्लेख गर्नुपर्छ  । तर घरभित्रका समस्याहरु सडक सडकमा श्रव्यदृश्य माध्यमबाट छर्ने हतार गर्नु हुँदैन ।

बरु लेखमार्फत् विमर्श गर्नु जाती हुन्छ । समस्या छन् भने त्यसको निवारणकोसही समाधान दिनसक्नु पनि पर्छ । पार्टी संसदीय भासमा भासिन लागेको हो भने के गर्नुपर्छ ? त्यसको सूक्ष्म र सशक्त निकास खोज्नुपर्छ । नेताले तमाम प्रतिक्रूूलताका बीच अनुकूल परिस्थिति सिर्जना गर्ने तागत राख्नु पर्छ  र एक्लै भए पनि विषयलाई पार्टी भित्र जोडदार रुपमा उठाउनु पर्छ । आफूले जिम्मा लिएको विभाग र फाँटमार्फत् विषयलाई जवर्जस्त रुपमा उठाउनु पर्छ । कलात्मक हस्तक्षेपमार्फत् धक्का दिनुपर्छ । 

जनताको जनवाद र जनताको बहुदलीय जनवादको नामकरण जस्ता विषयमा एउटा नेता अब अलमलिनु हुँदैन ।  जे नामकरण गरे पनि सारमा दुवैले जनताको नै जनवादलाई सुस्पष्ट पार्छन् । जनवाद लोकतन्त्रकै पर्यायवाची शब्द हो तर जनवाद खोक्रो अर्थात्  राजनैतिक अधिकार मात्रमा सीमित लोकतन्त्र होइन । जनवादले कम्युनिस्ट पार्टीका अनुसार जनतालाई आर्थिक अधिकारलाई प्राथमिकतापूर्वक प्रदान गर्ने तर राजनीतिक अधिकार सहितको भन्ने जनाउँछ ।  जनताको जनवादले पनि प्रतिस्पर्धाको राजनीतिलाई स्वीकार गरेको छ तर पहिलेदेखि चलिआएको, सही  र स्थापित नाम जनताको बहुदलीय  जनवाद राख्नु अत्यन्त उपयुक्त देखिन्छ । बरु एक्काइसौँ शताब्दीकोे जनवादको सन्दर्भलाई सिरानी हालेर मूलतः जबजको विचार,सिद्धान्त र यसले स्पष्ट रुपमा दिशा निर्देश गरेको विषय बहसको केन्द्र हुनुपर्छ । 

विचार  र सिद्धा्रन्तका सबालमा घुमाउरो कुराको कुनै  काम नै छैन  । त्यसैले  महाधिवेशन समग्रतामा सकारात्मक रहेकै छ तर पनि अंशमा  नकारात्मक पक्षहरु देखियो । पहिलो कुरा त अपवाद बाहेक अधिकांश  नेतृत्व धर्म,  संस्कृति र सांस्कृतिक रुपान्तरणजस्ता विषयमा न्यून चेतमात्र होइन शून्य चेतको देखियो । समाजलाई गुणात्मक रुपान्तरण गर्ने जस्तो बौद्धिक वा आत्मिक संंस्कृतिको सैद्धान्तिक र व्यावहारिक पक्षका बारेमा  अधिकांश नेतृत्व बेखवर थिए । 

अनि त्यही संस्कृति निर्माणको बलियो आधार प्रगतिशील,लोकतान्त्रिक तथा  देशभक्त सर्जक, सिर्जना र संगीत मैत्रीको अभाव अधिकांश नेतामा पर्याप्त अभाव पाइयो । कति त जन गायक र जनकविको फरक पनि छुट्याउन असमर्थ पाइए । पार्टीका लेखक र बुद्धिजीवीलाई चिने पनि नम्र नमस्ते नगर्दासम्म नचिने झैँ गर्थे । 

एक कार्यक्रममा जनसांस्कृतिक महासंघ सम्बद्ध थाी समिति तथा केन्द्रिय नेता ,स्रष्टा,गायक तथा कलाकारहरु  समेत यो क्षेत्रलाई उति महत्व नदिएको बताउँदै थिए । तिनले एकमुखले पार्टीमा अधिकांश नेताहरु सांस्कृतिक रुपान्तरण जस्तो समाजलाई गुणत्मक रुपमा परिवर्तन गर्ने महानतम भूमिका रहेको विषय चाहिँ स्रष्टा र संस्कृति कर्मीहरुको मात्र जिम्माको विषय हो भन्ठान्छन् भन्ने तीतो सत्य उल्लेख गरे । चुनावदेखि  चुनावसम्म मात्र  पार्टी सीमित रहनु पर्ने एउटा कारण हो । 

महाधिवेशनको बन्दसत्रको समूहगत बहसमा  यस विषयमा चर्को बहस भएको थियो । पार्टीको अधिकांश  नेतृत्वमा जबज अनुसारको जनताको मन जित्ने जीवन शैली र व्यवहार पटक्क थिएन थिएन, तिनमा  गैरमाक्र्सवादी वा सामन्तवादी  तथा पुँजिवादी सास्कृतिक अवशेष व्याप्त रहेको समूहगत छलफलमा  उठेको थियो ।

१ नम्बर पार्टी प्रदेश समूहका नेता देवराज घिमिरेले समूहको छलफलको समग्र सार खिचेर संक्षिप्त र सार गर्भित प्रस्तुति गरेका  थिए । 
समूह ञ का टोलीका अर्का ढकाल थरि एक नेताले भने समूहमा उठेका अत्यन्त संवेदनशील विषय समय हुँदाहुँदै पनि संक्षेपमा उठान नै नगरेर  प्रस्तुति अत्यन्त हल्का बनाए । 

मदन भण्डारीले कार्लमाक्र्सकै अनुसार  हामी मुक्तिदाता होइनौँ मुक्ति प्राप्तकर्ता जनता आफैँ हुन् भन्ने जस्ता  मुक्रि अभियान माथिबाट जवर्जस्ती थोपरेर हुँदैन अर्थात् भुइँ तहबाट उठ्नु र उठाउनु पर्छ, आम श्रमिक जनतालाई स्वैच्छिक  रुपमा महाअभियानमार्फत् सचेत र संगठित भन्ने मान्यता अनुसार जबज अनुसार पार्टीको जग बलियो बनाउन खोजेको हो ।

पार्टी र सरकारले कतिपय विषयमा भुइँ तहदेखि नै सचेतता र जागरणको अभियान सञ्चालन गरेर अनि माथिबाट निर्णयात्मक सहयोग गर्नुपर्छ । यसरी  भ्रष्टाचार निवारणका लागि सेवा निवृत्त व्यक्तित्व सहितको नागरिक समाज सन्जाल जिल्ला जिल्लामा तयार गरी खवरदारी गर्ने अभियान सञ्चालन गर्ने ,सेवा निवृत्त राष्ट्र सेवकहरुलाई विषयगत विज्ञताका आधारमा देशमा स्वैच्छिक सेवा प्रदान गर्न प्रोत्साहित गर्ने र तिनको योगदानलाई यथोचित सम्मान गर्ने, र नेताहरुलाई पठन संस्कृतिमा अभ्यस्त हुन बाध्य पार्ने, अधिकांश नेतामा चामल समेत बेच्न नसक्ने कला र गलाको अभाव अन्त्य हुनुपर्छ ।  भत्ताले मात्र सत्ता सुरक्षित हुँदैन जनताका मन मस्तिष्कमा व्याप्त सामन्ती सांस्कृतिक अवशेष अन्त्य गर्नुपर्छ जस्ता समूहगत सुझावलाई सार र सूत्रमा ती नेताले उठान सम्म गरेनन् । 

मन्तव्य दिइरहेका अध्यक्षका दायाँ बायाँ बसेका नेताहरु कोही मोवाइल हेरेर र  कोही उपरखुट्टी लगाएर बसेको सामान्य कुटनैतिक मर्यादा विपरीतको दृश्य देखियो । 

दुई प्रतिनिधिले  उपलब्ध गाएको झोला तानातान गरेको दृश्य देखियो । सोह्र श्राद्धमा मासु भात खाएको पाप चाहिँ आफूलाई नलागोस् भन्दै भातमासु  खाने आमा कमरेडहरुसित  पङितकारको  रोचक ंसंवाद चल्यो ।

उद्घोषले उर्दी गर्दा पनि जहाँ खायो त्यहीँ फ्यालेको , बन्दसत्रमा पनि बाहिरबाहिर  घुम्नेको पनि जत्था पनि  थियो । 
एउटा क्यासेट देखाएर रसिद बिना नै आर्थिक सहयोग माग्ने एक कमरेडसित भेट भयो । विश्व कम्युनिस्टका लागि जबज माक्र्सवादको नवीन सिर्जना र सिद्धान्त हो । यसकै आलोकमा नेपाली कम्युनिष्ट आन्दोलन उठेको जुटेको र यसैका आलोकमा नेपाली विशेषताको समाजवादको आधार तयार गरी लक्षमा पुग्ने हो । जबजका देश र जनताको  अग्रगतिको मार्गदर्शक सिद्धान्त हो । 

लामो र कच्ची बाटामा चल्ने गाडीमा चढेका ज्येष्ठ कम्युनिस्टलाई  अनुज कम्युनिस्टले खासै वास्ता गरेनन् । यसले गर्दा ज्येष्ठ कम्युनिस्ट मञ्च भनेर उचित आदर कदर गर्ने पार्टीका युवा कार्यकर्तांका ज्येष्ठ नागरिक मैत्री अभावलाई आगामी दिनमा बहुतै ध्यान दिनुपर्छ । नभन्दै यस खालको  संस्कार र शालीनताको अभाव युवा कमरेडमा  हुँदा गाडीको पछिल्लो सिटमा ढाड भाँच्चिने गरी आउजाउ गर्नु परेको तीतो अनुभव दर्शन उर्फ  घनश्याम भट्टराईले बताए । 

महिलावादलाई माक्र्सवादकै हाराहारीमा राख्नेजस्तो विसंगति देखेर  डा. बिन्दा पाण्डेसित पङ्तिकारले गम्भीर असहमति जनायो । ५० प्रतिशत अधिकारको माग गर्ने कतिपय महिलाहरु बहुराष्ट्रको प्राविधिक शब्दार्थ  नबुझेर हैरान भएको पनि पाइयो ।

युवा, विद्यार्थी लगायत मोर्चा संगठनले निर्माण गरेका स्वागत द्वारमा अध्यक्षका फोटा सजाएको देखेर अचम्म लाग्यो । बन्द सत्रको बीच बीचमा नेपालको विविधता झल्किने उच्च स्तरका समसामयिक वैचारिक तथा कलात्मक साङ्गीतिक तथा  कवितात्मक प्रस्तुतिमा बेलैमा ध्यान दिएको भए अझ जाति हुन्थ्यो । 

कतिपय नेताहरु कार्यकर्ताले नम्र नमस्ते गरेपछि मात्र चिन्दा रहेछन् भन्ने स्पष्ट अनुभव भयो । नत्र तिनले अध्यक्ष ओलीले भनेझैँ मित्रलाई मित्रको आँखाले हेर्न समेत नजानेको अनुभूति भयो । 

तर एमाले पार्टी लोकतन्त्र,राष्ट्रियता र सही कम्युनिष्ट आन्दोलनको त्रिवेणी बनेको स्पष्ट भयो । 

परामादेशबाट प्रधानमन्त्री बन्न बनाउन मरिमेटेर लाग्ने कोही पनि लोकतन्त्रवादी हुनसक्तैनन् । अझ प्रधानन्यायाधीश आफ्ना मान्छेलाई मन्त्री बनाउने स्वार्थका कारण ओली सरकार अपदस्थ गराउन बाह्य शक्तिको इसारामा मरिमेटेर लागेको  स्पष्ट भयो । 

यसबाट जनतामा गठबन्धन सबै दल प्रति आक्रोष र घृणा उत्पन्न भएको देखिन्छ । वातवमा एमाले बाहेक अरु दलसित जनताका बीचमा सहज रुपमा जाने अवस्था देखिन्न । 

नेपालका पार्टीहरुका सापेक्षतामा हेर्दा एमालेको विधान महाधिवेशन सार र रुपले सुन्दर देखियो । किन भने विधान,राजनैतिक प्रतिवेदन र संगठनात्मक प्रतिवेदन समग्र विषयको वस्तुनिष्ठ विश्लेषणमा  आधारित देखियो । 

अझ ओलीले त पार्टी भित्रका विगतका जालसाजी,झेली महाधिवेशनमा मत पेटिका नै साटेर विजयी बनेको जस्ता  पोल खोलिदिए ।

तर आफू यस्ता गलत काम कहिल्यै कदापि नगर्ने बाचा ओ लीले गरे । यस खालको चरम वेथिति र विकृतिरहित एमाले बनाउने अठोट उनी बारबार गरिरहेका थिए । वास्तवमा ओली महाधिवेशनमा अझ अग्ला तथा समादरणीय अत्यन्त पत्यारिला नेताका रुपमा प्रतिनिधिहरु अन्तर्हृदयबाट महसुस गरेको  अनुभूति हुन्थ्यो । 

पार्टी अध्यक्ष ओलीको उपस्थिति, प्रतिवेदन प्रस्तुति र समूहगत टिप्पणी उल्लेखनीय थियो । अझ समापन मन्तव्य महाधिवेशन सम्पन्न गरेर आफ्ना जिल्ला र क्षेत्रमा फर्किने नेता र कार्यकर्ताहरुलाई सबल उर्जा दियो ।  यत्तिको सानदार सहभागिता,प्रस्तुति र केही छिटफुट कमजोरी देखिए पनि अन्य पार्टीका तुलनामा एमाले अझ अग्लो र देशव्यापी जवर्जस्त प्रभावी पो देखियो । प्रस्ताव प्रस्तोता नेताहरु इश्वर पोखरेल,विष्णु पौडेल र ओलीको प्रतिवेदन  वचनमा सहयोगी शंकर पोखरेल तथा उद्घोषक प्रदीप ज्ञवाली ओजनदार देखिए ।

पौडेलले जबजका प्रत्यक्ष वा परोक्ष रुपमा विरोध गर्ने पक्षलाई तर्क संगत तथा चित्त बुझ्दो रुपमा नाजवाफ हुने गरी प्रस्तति दिएका थिए   । 

पहिले जस्तै फरक मतका नाममा लप्फाजी गर्ने काम यस पालि भएन । शत्रु हँसाउने काम त झन् भएन । यो पङितकार पनि छहज्जार बढी प्रतिनिधि तिनका सारथी सहयोगी स्वयंसेवक सुरक्षा कर्मी लगायत सबै गर्दा आठ हज्जारको व्यवस्थापन सहज थिएन तर त्यसलाई केही कमजोरी भए पनि सफलतापूर्वक सम्पन्न भयो । 
 
देशको समग्र जाति,जनजाति,भाषभेषी,संस्कृति,भूगोल र बालबालिका  बाहेक सबै उमेर समूहका प्रतिनिधि सप्तरङ्गी जस्तो अनुभूत हुन्थ्यो ।  

अब पनि कामकामजी हुन सकिएन भने यसले कुनै नेताको समाजमा सकारात्मक प्रभाव पर्ने देखिँदैन । माधव नेपाल समूहले जतिसुकै फ्ुटानी गरे पनि डा. बेदुराम भुसाल जस्ता वैचारिक सैद्धान्तिक अत्यन्त चरम अवसरबादीहरु त्यस समूहमा राइाँँ देखिन्छ । बहुदलीय जनवाद वा नयाँ जनवादी क्रान्ति अहिले नै पूरा भएको देखिन्न । किनकि त्यतिका समयदेखि समृद्धिका लागि निरन्तर लागि परेको विश्वको उदीयमान र पहिलो शक्ति बन्ने पूर्ण तयारीमा रहेको चीनले बल्ल आफू समाजवादी देश रहेको भर्खर घोषणा ग¥यो भने जनतालाई दिउँसै सपना देखाएर भ्रमित पार्न खोज्नेहरु कम्युनिस्ट नै होइनन् भनेर बुझ्दा हुन्छ ।  

किनकि माक्र्सवाद पढ्नु र माक्र्सवादी हुनु बिलकुल विपरीत कुरा हुन् । जीवन र व्यवहारसित नजोडिएको माक्र्सवादी ज्ञान खोक्रो हुन्छ । तर ओली र एमाले पार्टी विरुद्ध कतिपय पेड लेखकहरु निरन्तर लागिपरेको स्पष्ट हुन्छ । त्यसैले नामको साइवर सेना मात्र बनाएर हुँदैन त्यसलाई प्रभावशाली बौद्धिक  तथा कलात्मक हस्तक्षेप गर्न र गरिरहन भने अति आवश्यक देखिन्छ ।  

अहिले पनि हिजोका फेक र  पेड न्युज, लेख र टिप्पणीका कारण ओली नेतृत्वको सरकार र पार्टीप्रति फैलाएका अफवाह ठाउँठाउँमा सुनिन्छ । सबै यस्तै भन्छन् भन्ने फेक समाचारले बनायो । यसलाई सबैले एक साथ सामाजिक सञ्जाल प्रयोग गरे सय थुकी नदी भएर छिनभरमा बगाइदिन सकिन्छ ।  

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १० : २३ बजे