भागबन्डाले गठबन्धनमा बबन्डर :  गठबन्धनको बैठक सुरु

काठमाडौं ।  सत्तारुढ दलले लगाएको मन्त्रालयको भागबन्डाप्रति माधव नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीमा तीव्र असन्तुष्टी बढेपछि गठबनधनको आकस्मिक बैठक अहिले बालुवाटारमा बसेको छ ।

यसअघि काँग्रेसलाई सात, माओवादी केन्द्रलाई ६ तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई चार–चार मन्त्रालय पाउने गरीसहमती गरेको गठबन्धनका नेताहरूले त्यसमा नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाएपछि  गठबन्धन भित्र यही विषयले बबन्डर मच्चाएको छ । 
गठबन्धनप्रति नेता माधवकुमार नेपालले असन्तुष्टी पोखेपछि प्रधानमन्त्री देउवाले   आज फेरी गठबनधनको बैठक ढाँकेका हुन् ।  

अहिले बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बैठक सुरु भएको जानकारी दिनुभयो।

 गठबन्धनमा कुरा मिले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्छ ।  

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ३ : ३३ बजे