साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अब व्यावसायिक म्युजिक भिडियोमा साम्राज्ञी पनि

काठमाडाैँ । एक्ट्रेस साम्राज्ञी आरएल शाह अभिनित म्युजिक भिडियो सार्वजानिक भएको छ । नेपाली फिल्ममा समेत कमै देखिने साम्राज्ञीले भिडियोमा तेस्रो पटक अभिनय गरेकी हुन् । 

नट्टु शाहको गीत र आफ्नै आमा नेहा शाहको गीतको भिडियोमा देखापरेकी साम्राज्ञीले भिडियोकै लागि महँगो पारिश्रमिकसमेत लिएकी छिन् । डान्सिङ ट्रयाक ‘माया पिरेम’ मा अभिनय गरेबापत उनले करिब पाँच लाख रुपैयाँ लिएको चर्चा छ । यो उनको पहिलो व्यावसायिक म्युजिक भिडियो हो । उनी टिमको क्रिएसनले आफूलाई तान्ने गरेको बताउँछिन् । 

ट्री इन्टरटेनमेन्टको निर्माण रहेको उक्त भिडिओमा साम्राज्ञीसहित एलिसा शर्मा, डेलविस र राजको समेत अभिनय छ । यो डान्सिङ ट्रयाकमा विश्व नेपाली र अस्मिता परियारले स्वर दिएका छन् । 

शंकर स्माइलको संगीत, डीपी खनालको शब्द रहेको गीतलाई भिडिओ निर्देशन माइकल चन्दले गरेका छन् । दिनेश दर्शनधारी र यशोधा राईले निर्माण गरेको भिडिओलाई ट्री इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  १ : ५९ बजे