सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

पाकिस्तानमा भूकम्प : कम्तीमा १८ जनाको मृत्यु, कैयौँको घाइते

काठमाडौँ । पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा बिहीबार बिहानै भूकम्प जाँदा कम्तीमा १८ जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन्।

बिबिसीका अनुसार विपद्‌ व्यवस्थापन सम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्छ। उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।

भूकम्पपछि क्वेटा शहरका मानिसहरू सडकमा निस्केको सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा देखिन्छ। प्रारम्भिक रिपोर्टहरूका अनुसार ५.७ म्याग्निच्युडको भूकम्प गएको अनुमान छ।

भूकम्पका कारण घरहरू भत्कँदा च्यापिएर मानिसहरूको ज्यान गएको एक अधिकारीले बताए। मृतकमध्ये अधिकांश महिला तथा बालबालिका रहेको समाचार संस्था रोयटर्सले जनाएको छ।

कम्तीमा १५० जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएको बिबिसीले जनाएको छ  । तीमध्ये कतिपयको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ। 

 

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ८ : ०४ बजे