मन्त्रालयको भागबण्डा मिलाउन बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक 

काठमाडौ – नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा शुरू भएको छ ।

मन्त्रिपरिषदमा सहभागी हुने पार्टीका मन्त्रीको नाम तय गर्न पदाधिकारी बैठक बसेको हो । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षको छुट्टाछुट्टै बैठक बसेको थियो ।

रामचन्द्र पौडेल पक्षले सरकारमा दुई वटा मन्त्रालय पाउने सम्भावना छ । सभापति एवं प्रधानमन्त्री देउवाले सल्लाहा नै नगरी आफूखुशी मन्त्रिपरिषद् विस्तार गरेको भन्दै पौडेल पक्ष असन्तुष्ट रहँदै आएका थियो ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ५ : १७ बजे