सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. १० स्थित पुरानो फनपार्क भन्दा माथि सिम्ले फाँटमा मारेर गाडिएको अवस्थामा फेला परेका व्यक्तिको पहिचान भएको छ ।
स्थानीय वर्ष ५९ का नेत्रप्रसाद दाहाललाई उनकै घर अगाडी मारेर गाडिएको अवस्थामा फेला पारिएको डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
सिम्ले फाँटमा रहेको दाहालको घर अगाडि खुट्टाको औँलाहरू बाहिरबाटै देखिएको अवस्थामा गाडिएको अवस्थामा आज बिहान शव फेला पारिएको थियो । गाडीएको शव स्थानीय नेत्रप्रसाद दाहालको भएको र घटनाको थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार ५ : ०९ बजे
प्रतिक्रिया