साफ यू–१७ च्याम्पियनसिप आजदेखि

संवैधानिक परिषदसम्बन्धी अध्यादेशसहित ७ वटा अध्यादेश जारी

काठमाडौँ । सरकारले फेरि संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्‌ (काम कर्तव्‍य, अधिकार र कार्यविधि सम्बन्धी ) पहिलो संशोधन,अध्‍यादेश, २०७८ सहितका ७ वटा अध्यादेश जारी गर्नुभएको हो ।

आज जारी अन्य अध्यादेशमा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ४ : ५३ बजे