‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सिन्धुपाल्चोकमा गाडिएको अवस्थामा पुरुषको शव फेला 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. १० स्थित पुरानो फनपार्क भन्दा माथि सिम्ले फाँटमा एक व्यक्तिलाई गाडिएको अवस्थामा मृत फेला पारिएको छ ।  

सिम्ले फाँटमा रहेको नेत्रप्रसादको घर अगाडि खुट्टाको औँलाहरू बाहिरबाटै देखिएको अवस्थामा व्यक्तिलाई गाडिएको अवस्थामा फेला फारिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिनुभयो । शव उत्खनन हुँदै गरेकाले थप विवरण आउन बाँकी रहेको निरीक्षक राईले जानकारी दिनुभयो ।  मृतकको पहिचान भइनसकेको राईले जानकारी दिनुभयो । 

घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर लगि अनुसन्धान गरीन लागिएको राईले जानकारी दिनुभयो । 

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १ : २७ बजे