कांग्रेसका नेताहरु भारत जाँदै

काठमाडौं । भारतीय जनता पार्टी (बिजेपी)को निमन्त्रणमा सत्तारुढ दल नेपाली कांग्रेसका नेता भारत जाने भएका छन्।

पार्टीका सहमहामन्त्री डा.प्रकाशरण महतको नेतृत्वमा बिहीबार टोली भारत जान लागेको हो । टोलीमा कांग्रेस नेता अजय चौरासिया र उदय शमशेर राणा पनि हुनुहुन्छ ।

नेता महतले भाजपाकै निमन्त्रणामा जान लागेको जानकारी दिनुभयो ।

यस अघि भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाको टोलीले नेपाल भ्रमण गरिसकेको छ। भ्रमणका क्रममा प्रमुख राजनीतिक दलका नेतासँग भेट गरेका थिए ।  मन्त्रिपरिषद् विस्तारपछि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी पनि रहेको स्रोतले बताएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १० : ५१ बजे