साफ यू–१७ च्याम्पियनसिप आजदेखि

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता लम्बियो

काठमाडौं ।  काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा बैशाख २९ गतेसम्म लम्बिने भएको छ।

मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो। बैठकले बैंक तथा वित्तिय संस्थामा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशत कर्मचारी र शाखामा २५ प्रतिशत कर्मचारी राखेर सञ्चालन गर्न दिने निर्णय गरेको छ । बैठकले अबदेखि बिहान १० बजेसम्म मात्र पसल खोल्न पाइने र बेलुका नपाइने निर्णय पनि गरेको छ । त्यसैगरी बैठकले  सडकमा अत्यवश्यक कामबाहेक हिँड्डुल गर्न  पनि नदिइने  निर्णय गरेको छ ।  यसअघि बैशाख १६ गते राति १२ बजेदेखि लगाइएको निषेधाज्ञा बुधबार सकिँदै थियो। ​​​​​​​

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ३ : ४८ बजे