‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

३३ किलो सुन प्रकरण: आठजना दोषी ठहर, प्रहरीले पाए सफाइ

काठमाडौँ । ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् । जिल्ला अदालत, मोरङले मंगलबार हत्या ७७ जना प्रतिवादीमध्ये पक्राउ परेका ८ जनालाई मात्रै दोषी ठहर गरेको छ । यस घटनामा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् । त्यस्तै ३३ किलो सुन प्रकरणमा भरिया रहेका सनम शाक्यको हत्यामा ८ जनालाई दोषी ठहर गर्दै अदालतले ६ जनालाई जन्म कैदको सजाय सुनाएको छ । 

सफाइ पाउने प्रहरी तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी हाल डीआईजी, श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक एसपी विकासराज खनाल हुनुहुन्छ ।

त्यस्तै, प्रहरी नायब उपरीक्षक डीएसपी सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक सई बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ३ : ४६ बजे