‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नगद लुटपाट

धनुषा – बिदेह नगरपालिका-७ बेलापट्टीस्थित रोशन ज्योती आयल स्टोर(पेट्रोल पम्प)बाट नगद ६ लाख रुपैयाँ गएराति लुटपाट भएको छ ।

अन्दाजी ६/७ जना अपरिचित व्यक्तिले उक्त आयल स्टोरको ढोका फोडी आयल स्टोरको संचालक बिदेह नगरपालिका-८ बफही बस्ने ४० वर्षीय शम्भु साहलाई कुटपिट गरी काउण्टरमा रहेको उक्त नगद लुटी फरार भएको बताइएको छ ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी गिद्दा एंव सिमानाकाहरुमा पर्ने प्रहरी इकाईहरुबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ३ : २० बजे