सुनको मूल्यमा नयाँ कीर्तिमान

बजार अनुगमनका क्रममा १५ वटा पसललाई कारबाही

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा गरिएको बजार अनुगमनका क्रममा १५ वटा पसल कारबाहीमा परेका छन् । 

चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौं,  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको टोलीले मंगलबार गरेको बजार अनुगमनका क्रममा मंगलबार १५ वटा पसल कारबाहीमा परेका हुन् । खाद्यान्न, लत्ता कपडा, तरकारीलगायत ३२ वटा पसलहरूमा गरिएको बजार अनुगमनका क्रममा १५ वटा पसललाई कारबाही गरिएकाे छ । 

कारबाहीमा परेका पसलबाट एक लाख ४५ हजार रुपैयाँ जरिबाना तिराइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ । प्रशासनका अनुसार केही पसलहरूलाई तत्काल सुधार गर्न निर्देशन र केहीलाई आवश्यक स्पष्टीकरण सोधिएको छ । 

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  २ : ५२ बजे