काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई साताका लागि पार्टी प्रवक्ताको जिम्मेवारीबाट बिदा लिनुभएको छ ।
कोरोना संक्रमणपछि होम आइसोलेसनमा रहनुभएका प्रवक्ता शर्माले स्वस्थ भएर छिट्टै जिम्मेवारीमा फर्कने बताउनुभएको छ ।
शर्माले अस्वस्थताका कारण प्रवक्ताको सक्रिय जिम्मेवारीबाट टाढा रहनुपरेको भन्दै स्वास्थ्यलाभको कामना गर्ने शुभेच्छुकमा धन्यवाद दिनुभएको छ ।
प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार ३ : २० बजे
प्रतिक्रिया