मन्त्रालय भागवण्डाको सहमति जुट्यो : कस्को भागमा कुन मन्त्रालय ?

 काठमाडौं । सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबनडाको लागि सहमती जुटेको छ । सहमती जुटेसँगै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउने भएको छ । सरकार बनेको करिब तीन महिनापश्चात् देउवा नेतृत्वको सरकाले पूर्णता पाउन लागेको हो । 

सबै विषयमा सहमति जुटे आजै मन्त्रिमण्डल विस्तार हुने सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो  ।

 बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले कुन मन्त्रालय कसले लिने भन्ने विषयमा छलफल भएको हो । 

अझै मन्त्रिमण्डल कहिले विस्तार हुने भन्ने टुंगो  भने लागेको छैन् । यद्यपी एक दुईदिन भित्रै विस्तारको तयारी गरिएको बताइएको छ । 

आज बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको हो।

कांग्रेसका सभापति देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए। अहिलेसम्म कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री तथा माओवादीबाट २ मन्त्री छन्।

 स्रोतका अनुसार सञ्चार, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कांग्रेसले लिने भएको छ । यस्तै, माओवादी केन्द्रले यस्तै नेकपा माओवादी केन्द्रले अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपंक्षी मन्त्रालय लिने लगभग सहमति जुटेको नेताहरुले बताएका छन् । 

यसअघि नै कांग्रेसले गृह, परराष्ट्र, कानुन मन्त्रालय र स्वास्थ्य राज्यमन्त्री पाइसकेको छ । यस्तै माओवादीले अर्थ र ऊर्जा मन्त्रालयमा मन्त्री पठाइसकेको छ।

यस्तै, नेकपा (एकीकृत समाजवादी)ले रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास, युवा तथा खेलकुद मन्त्रालय लिने सहमति छ।

जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिने मोटामोटी सहमति छ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  २ : १९ बजे