‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भन्सार छलि ल्याउँदै गरेको मोबिल सहित १ जना पक्राउ

नवलपरासी(पश्चिम) – सुस्ता गाउँपालिका-५ रतनगंजस्थित सडकबाट लु.१ च ४६२८ नम्बरको गाडीमा अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको करिब ४ लाख ६० हजार ४ सय रुपैयाँ मूल्य बराबरको विभिन्न कम्पनीको मोबिल आयल सहित गाडीका चालक सुस्ता गाउँपालिका-३ कुडिया बस्ने २५ वर्षीय पप्पु थारुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त गाडीमा विभिन्न कम्पनीको मोबिल आयल लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा फेला पारी चालक थारुलाई पक्राउ गरेको हो ।

उनलाई बरामद मोबिल आयल र गाडी सहित आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय नवलपरासी पश्चिम पठाइएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १ : ४१ बजे