काठमाडौं । बंगलादेशबाट कोरोनाभाइरस संक्रमितको उपचारमा प्रयोग हुने औषधी रेमडेसिभिरको सात हजार डोज औषधी आज काठमाडौं आइपुगेको छ ।
विभागका प्रवक्ता सन्तोष केसीले थप डोज भोलि नेपाल आइपुग्ने जानकारी दिनुभयो । औषधी व्यवस्था विभागका अनुसार आजैदेखि उक्त औषधीको वितरण सुरु गरिने छ । उक्त औषधीलाई काठमाडौं र प्रदेशस्थित कोभिड अस्पतालमा पठाउने तयारी छ ।
प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार ३ : ०८ बजे
प्रतिक्रिया