सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

पान्डोरा पेपर्सः अकूत धन लुकाउनेहरुको कागजात चुहावट

एजेन्सी । पारन्डोरा पेपेर्स विश्वका धनाढ्य र शक्तिशाली व्यक्तिले अवैध ढंगले लुकाएको धन, कर नतिरेको सम्पत्तिवारे करिव १ करोड २० लाख कागजात चुहावटको एउटा दस्तावेज हो । अमेरिकाको वासिंगटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल  ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले ती दस्तावेज सार्वजनिक गरेको हो ।

११७ देशका ६०० सञ्चारकर्मीले महिनौं लगाएर विभिन्न १४ स्रोतबाट प्राप्त गरेको फाइल अध्ययन गरेका थिए । पान्डोरा पेपर्स दस्तावेजमा ६४ लाख कागजात, ३० लाख तस्विर, १० लाखभन्दा बढी इमेल र झन्डै पाँच लाख स्प्रेडसीट छन् । विश्वका ९० देशका ३३० भन्दाबढी राजनीतिज्ञसहित सयौं शक्तिशाली व्यक्तिले आफ्नो अकूत धन लुकाउन कसरी अफसोर कम्पनी प्रयोग गरे भन्ने विषयलाई दस्तावेजले खुलासा गरेको छ ।  

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ९ : ३१ बजे