साफ यू–१७ च्याम्पियनसिप आजदेखि

साफ च्याम्पियनसिमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ।

सोमबार राति भएको खेलमा श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो। नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे। श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए।

रोमाञ्चक बनेको खेलको ३३ औं मिनेटमा सुमन लामालेले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । उनको यो नेपालका लागि डेब्यू गोल हो।  ५१  औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए। 

तर, ह्यामिल्टनले ५७ औं मिनेटमा गोल गर्दै श्रीलंकालाई २–१ को स्थितिमा ल्याए।  खेलको ८६ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका आयुसले गोल गर्दै नेपाललाई ३–१ को अग्रता दिलाए।  नेपालले १९८४ देखि अहिलेसम्म भएका १७ खेलमा श्रीलंकालाई तीन पटक मात्र हराएको थियो , यो जित श्रीलंका माथिको चौथो जित हो ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ६ : ५९ बजे