‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सांसदहरूको कोरोना परीक्षण गरिने

काठमाडौं। वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको बैठक बस्न लागेकाले सांसद, सचिवालयका कर्मचारी र मर्यादापालकलगायतको  कोरोना परीक्षण गरिने भइएको छ । यही वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण गरिने  छ ।

संसद सचिवालयका अनुसार संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजे सम्म पीसीआर विधिबाट परीक्षण गर्ने तय भएको हो ।कोरोना परीक्षण गर्न सचिवालयले सबैलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १ : ५८ बजे