निधि निवासमा कोइराला र सिंहको भेट

काठमाडौं । १४ औं महाधिवशनमा पार्टी सभापति लड्ने तयारीमा रहेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच भेटर्वाता जारी छ । निधि निवास वानेश्वरमा तीन नेताबीच छलफल भईरहेको रामजी दाहालले बताउनुभएको छ ।

भेटमा बाँकी रहेका जिल्लाहरुमा क्रियाशील सदस्यताको विवाद टुंगोमा पुर्याउने, बाँकी रहेका जिल्ला तहको अधिवेशनको विषयमा छलफल हुने बताइएको छ । यस्तै सरकार विस्तारमा भएको ढिलासुस्तीका विषयमा छलफल हुने जनाइएको छ । 

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ३ : ३४ बजे