सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

भारतमा किसान आन्दोलन ८ जनाको मृत्यु

एजेन्सी । नेपाल सीमावर्ती भारतको तिकुनियामा किसान आन्दोलनमा भएको हिंसामा ८ जनाको मृत्यु भएको छ । हिंसामा मारिएकाहरुको परिवारलाई भेट्न पुगेकी भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त आन्दोलनमा सहभागी हुन जाने क्रममा भारतीय काङ्ग्रेसकी नेता प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । तिकुनिया नेपालको कैलाली जिल्लाबाट पारी पर्ने भारतीय सहर हो । उत्तर प्रदेशको लाखिम्पुर खेरी जिल्लामा किसानले आन्दोलन गरेका थिए ।

गान्धीलाई यूपी प्रहरीले लखनउमै रोक्न खोजेको थियो। प्रहरी अधिकारीले गान्धीलाई हिरासतमा लिन खोज्दा उनले गिरफ्तार वारेन्ट देखाउन माग गर्नुभएको थियो । उहाँलाई हिरासतमा लिन खोजेपछि केही बेर काँग्रेस कार्यकर्ता र प्रहरीबीच धक्कामुक्का भएको थियो ।

भारत सरकारले ल्याएको कृषि कानूनको खारेजीको माग गर्दैै भारतीय किसानहरु गतसातादेखि पुनः आन्दोलनमा उत्रिएका छन् । किसानको मागलाई कांग्रेसले समर्थन गरेको छ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  २ : २५ बजे