संखुवासभा कांग्रेसको सभापतिमा दीपक खड्का विजयी

संखुवासभा । नेपाली कांग्रेस संखुवासभाको पार्टी सभापतिमा दिपक खड्का निर्वाचित भएका छन् । खड्काले प्रतिस्पर्धी राइमान राईलाई १ हजार बढी मत अन्तरले पराजित गरे । खड्काले १ हजार १ सय ९८ मत ल्याउँदा राईले १ सय १० मत ल्याए । खड्का पूर्व राज्यमन्त्री हुन् । यस्तै उपसभापतिमा रामकुमार जिमी (९१६), अनन्त गौली (६७०), सचिवमा टकमान घले र कुमारबाबु अधिकारी, सहसचिवमा किशोर कुमार गुरुङ र सुवास कालाखेती विजयी भएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ९ : ०० बजे