अब भनसुन र सम्बन्धको भरमा नेता बन्ने दिन गएः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अब नातागोता र भनसुनको आधारमा पार्टी नचल्ने बताउनुभएको छ । 

आइतबार गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा संगठनात्मक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँनुहुँदै पोखरेलले नेता बनाउने र बन्ने क्रममा भएका आलोचना सम्मानयोग्य भएको बताउनुभयो  । कम्युनिस्ट पार्टीमा अब भनसुन र सम्बन्धको भरमा नेता बन्ने दिन गको उहाँले बताउनुभयो । 
पोखरेलले नेतृत्वमा २० प्रतिशत युवा हुनुपर्ने मागमा पार्टी सकारात्मक रहेको बताउँदै त्यसका लागि  मापदण्ड पुग्नुपर्ने बताउनुभयो  । ‘नेतृत्वमा उमेरमात्र नहेरौं । योग्यता देखाउने जो कोही नेता हुनसक्छन्,’ उहाँले भन्नुभयो ।  ‘नेतृत्वमा आउन समृद्धिका प्रभावकारी नीति र योजना बनाउनेमात्र नेतृत्वमा आउँछ । पुस्ताको कुरामात्र होइन, आन्दोलनका एजेण्डा बोक्ने हिसाबले नेतृत्वमा पुग्ने पद्धति बस्छ ’उहाँको भनाई थियो । 

कार्यकर्ता मूल्यांकन गर्न शक्तिशाली आयोगको माग आएको भन्दै उहाँले कमिटी प्रणालीबाट मूल्यांकन हुने तर, व्यक्तिका कुरा सुनेर नहुने बताउनुभयो  ।

‘कम्युनिस्ट पार्टी विचारबाट बन्छ, सबै ठाउँमा समानुपातिक हेरेर कम्युनिस्ट पार्टी बन्दैन । विचारका आधारमामात्र पार्टी बन्छ । जनसंख्याका आधारमा पार्टी बन्दैन’, उनााँले भन्नुभयो ।

महासचिव पोखरेलले लोककल्याणकारी काममा एमालेले देशव्यापी रुपमा कार्यकर्ता खटाउनेबताउनुभयो । 

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ४ : ४२ बजे