एमालेले हिजो जितेकै हो भोलि पनि जित्छ  ः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा पनि एमालेले  जित्ने बताउनुभएको छ ।  

शुक्रबारदेखि जारी विधान महाधिवेशनका क्रममा आफूले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आइतवार जवाफ दिँनुहुँदै ओलीले भन्न्ुभयो, ‘हामीले हिजो पनि जितेका हौँ, आज पनि जित्छौँ, भोलि पनि जित्दैछौँ, हामी जित्दैछौँु’ उहाँले एमालेले नजिति देश नबन्ने बताउनुभयो । ‘देश अब बन्न सकेन भने हामीले जिम्मा लिनुपर्छ, अरुलाई दोष दिँदैनौँ।’ 

ओलीले सानातिना धक्काले आफूहरु नरोकिने बताउनुभयो । ‘सानातिना धक्का र हावाका झोक्काहरुले हाम्रो विजय यात्रालाई प्रतिकूल प्रभाव पार्न सक्दैन ।’ 
ओलीले एमालेमाथि चौतर्फी हमलाई भइरहेको भन्दै त्यस्लाई परास्थ गरिने बताउनुभयो । 

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ४ : ३५ बजे