साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

मरेको अवस्थामा भेटियो मकुना हात्ती

सुनसरी  । सुनसरी र सप्तरी क्षेत्रमा विगतदेखि आतङ्क मच्चाउँदै आएको मकुना हात्ती मृतावस्थामा फेला परेको छ । 
कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयभन्दा एक किमी उत्तरमा स्थानीयवासीको धानबारीमा  आज बिहान मृतावस्थामा भेटिएको आरक्षणका वार्डेन अशोक रामले जानकारी दिनुभयो ।  

उहाँका अनुसार शनिबार राति १२ बजे आरक्षणबाट बाहिर निस्किएको मकुना बिहान धानबारीमा मृतावस्थामा रहेको खबर आएकाले हेर्न जाँदा धानबारीमा राखिएको करेन्ट लागेर मृत्यु भएको पाइएको थियो ।  विगत ४÷५ वर्षदेखि मकुनाले दर्जनौँ व्यक्तिको ज्यान लिइसकेको  थियो । यसको उपद्रो सहन नसकेर स्थानीयवासीले मार्ने उपाय खोजिरहेको थिए । 

नेपालमा कूल २२५ वटा जङ्गली हात्ती छन् रहेकामा कोशी टप्पुमा मात्रै १६ वटा हात्ती रहेका र  भारतबाट झापाको बाहुनडागीमा १३० देखि १५० वटासम्म आउने गरेका छन् । ती हात्तीले आरक्षण नजिकका स्थानीयवासीलाई दुःख दिँदै आएका थिए  । 

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ४ : २४ बजे