एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव रहने

काठमाडौं । नेकपा एमालेमा उपमहासचिव राखिने भएको छ। यसअघि पेस गरिएको विधान संशोधन प्रस्तावमा उपमहासचिव पदको व्यवस्था खारेज गरिएको थियो। अब एमालेमा वरिष्ठसहित  पाँचजना उपाध्यक्ष राखिने  छ।

समूह छलफलको जवाफ दिने क्रममा विष्णु पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको व्यवस्था नफेरिने बताउनुभयो। जसअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात सचिव रहने उहाँले हलमा बताउनभुयो ।एमालेको कोषाध्यक्ष भने आर्थिक विभागले हेर्नेछ । 

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ३ : ३९ बजे