एमालेले लागु गर्यो ७० वर्षे उमेरहद

काठमाडौं । नेकपा एमालेले ७० वर्षे उमेर हद कामयै राखेको छ । तर कार्यकालको बीचमा ७० वर्ष पूरा भएमा भने फरक नपर्ने व्यवस्था गरिएको छ । महासचिव विष्णु पौडेलका अनुसार अब  एउटै व्यक्ति कार्यकारी पदमा दुई पटक भन्दा बढी पटक उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ । 

उहाँले भन्नुभयो, ‘कार्यकालका बारेमा कुनै कन्फ्युज छैन। एउटा व्यक्तिले उही तहको कार्यकारी पदमा दुई पटकमात्रै उम्मेदवार बन्न सक्ने हो। यो नै हुन्छ । कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष नपुग्दासम्म उम्मेदवार हुन पाइनेछ। कार्यकालको बीचमा ७० पूरा भएपछि त्यो कार्यकाल भरी काम गर्न पाइनेछ।’

यो व्याख्याले आगामी दशौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनुभए  पूर्ण कार्यकाल अध्यक्ष पदमा रहेर काम गर्न पाउनुहुनेछ । 

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ३ : ०५ बजे