अब एमालेको केन्द्रीय सचिवालय १५ सदस्यीय मात्र हुने

काठमाडौं। नेकपा एमालको केन्द्रीय सचिवालय १५ सदस्यीय हुने भएको छ। तीन दिनदेखि जारी प्रथम विधान महाधिवेशनमा समूहगत नेताहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपमहासचिव विष्णु पौडेलले अब एमालेको पदाधिकारी १५ जना रहने जानकारी दिनुभयो ।

१५ जनाभन्दा बढी पदाधिकारी रहने केन्द्रीय सचिावलय बनाउन नहुने बताउँदै उहाँले महाधिवेशनमा उठाइएका विषयलाई आत्मसाथ गर्दै पदाधिकारी १५ सदस्यीय बनाएको बताउनुभयो ।

उहाँका अनुसार अब एमालेमा अध्यक्ष एकजना, वरिष्ठसहित पाँचजना उपाध्यक्ष, महासचिव एकजना, उपमहासचिव एकजना र सचिव सातजना गरी १५ सदस्यीय केन्द्रीय सचिवालय रहनेछ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  २ : ४४ बजे